संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ भदौ २०, शुक्रबार

26
Share
Featured
  • नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० का सभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
  • पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि पद रिक्त भएको थियो।
  • खतिवडाको एकल उम्मेदवारी परेपछि निर्वाचन प्रक्रिया बिना नै उनी सभापति बनेका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को सभापतिमा नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन्। समितिको विहिबार साँझ बसेको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रिया अगाडि बढाइएको थियो।

समितिकी पूर्वसभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २ देखि ४ बजेसम्मको समयावधिमा खतिवडाको एकल उम्मेदवारी परेको थियो। यससँगै खतिवडा निर्विरोध निर्वाचित भएका हुन्।

यो समाचारमा

रामहरि खतिवडाकाठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...