नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ भदौ १९, बिहिबार

16
Share
Featured
  • नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बिहान ११ बजे पेरिसडाँडामा बस्दैछ।
  • बैठकमा स्थायी कमिटी छलफलका विषयमा निर्णय हुने र मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगो लगाइनेछ।
  • नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ समूह) सँगको एकता पछि नेता–कार्यकर्ताको कार्यविभाजनबारे पनि निर्णय हुनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा स्थायी कमिटी बैठकमा भएका छलफलको विषयमा निर्णय हुने बताइएको छ ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,“आजको बैठकमा यसअघि स्थायी कमिटी बैठकमा भएको छलफलमाथि निर्णय हुनेछ । पार्टीको यही भदौ २१ गतेदेखि सुरु गर्ने भनेको मध्यपहाडी लोकमार्ग जागरण अभियानबारे टुंगो लाग्न बाँकी विषयमा टुंगो लगाइनेछ ।”

उनका अनुसार एकतामा आएका दलका नेता कार्यकर्ताको कार्यविभाजनबारेमा पनि आजको बैठकले निर्णय गर्नेछ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच गत जेठमा पार्टी एकता भएको थियो ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)काठमाडौँनेपाल समाजवादी पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...