सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, फेसबुकलगायत सूचीकृत भएनन्

Author

सजिलो पत्रिका

२०८२ भदौ १९, बिहिबार

20
Share
Featured
  • सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकृत गर्न दिएको समयसीमा सकिए पनि फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), गुगललगायत कुनै पनि कम्पनी सूचीकरणमा आएका छैनन्।
  • म्याद सकिए पनि तत्काल सामाजिक सञ्जाल बन्द नगरिने, अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने डरले सरकार लचिलो भएको देखिएको छ।
  • यद्यपि, सूचना मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचीकृत नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दोहोर्याएका छन्, जसको प्रभावबारे चासो बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि दिएको पछिल्लो समयसीमा हिजो राति सकिएको छ। तर, फेसबुक, इन्स्टाग्राम, एक्स (ट्विटर), गुगुललगायत कुनै पनि सामाजिक सञ्जाल कम्पनीहरू सूचीकृत हुन आएका छैनन्।

सरकारले गत भदौ १२ गते सूचना प्रकाशन गरी एक हप्ताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो। तोकिएको समयमा सूचीकरण नभए क्रमशः बन्द गर्दै जाने चेतावनी समेत सरकारले दिएको थियो। म्याद सकिए पनि हालसम्म कुनै पनि सामाजिक सञ्जाल बन्द भएका छैनन्।

यस विषयमा सरकारले तत्कालै कडा कदम नचाल्ने मनस्थिति बनाएको बुझिएको छ। फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्दा अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जाने भएकाले सरकार तत्काल बन्द गर्ने पक्षमा नरहेको स्रोतले बताएको छ।

यद्यपि, सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भने हिजो पनि तोकिएको समयमा सूचीकृत नभए सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दोहोर्याएका थिए।

सरकारको यो कदमले सामाजिक सञ्जाल कम्पनीहरूलाई कसरी प्रभाव पार्छ र आगामी दिनमा के कस्ता निर्णयहरू आउँछन् भन्नेबारे चासोका साथ हेरिएको छ।

यो समाचारमा

पृथ्वी सुब्बा गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, १२३ घाइते

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रदेशमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १२३ जना घाइते भएका छन्।प्रहरीको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी २ जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनी, मधेस, बागमती प्रदेश र काठमाडौँ उपत्यकामा १-१ जनाले ज्यान गुमाएका छन्।दुर्घटनामा घाइते हुनेहरूको सङ्ख्या पनि उल्लेख्य

    Data is loading...

    Loading brands...

    Loading footer...