प्रधानमन्त्री ओली आज बेइजिङ जाँदै

Author

सजिलो पत्रिका

२०८२ भदौ १७, मङ्गलबार

18
Share
Featured
  • एससिओ प्लस शिखर सम्मेलनमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदै छन्।
  • बेइजिङमा चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग भेट र रात्रिभोजमा सहभागिता हुनेछ; राष्ट्रपति सी जिनफिङसँगको भेटवार्ता थियानजिनमा भइसकेको छ।
  • प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल भदौ १८ गते फासिवादविरुद्धको युद्ध विजयको ८०औँ वार्षिकोत्सवमा सहभागी भई सोही दिन नेपाल फर्कनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली आज बेइजिङ जाँदै छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति शी जिनपिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ ।

भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल यही भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । सोही दिन प्रतिनिधिमण्डल नेपाल फर्कनेछ ।

यो समाचारमा

चीनकाठमाडौँखड्गप्रसाद शर्मा ओलीशी जिनपिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...