१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोर्डिङ स्कुलका प्रिन्सिपल पक्राउ

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

39
Share
Featured

काठमाडौँ । 

उदयपुरको बेलका नगरपालिका–२, कञ्चनजङ्गास्थित हिमशिखर सामुदायिक बोर्डिङ स्कुलका ४७ वर्षीय प्रधानाध्यापक युवराज श्रेष्ठलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए अनुसार, पीडित बालिकाकी भाउजुले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा जाहेरी दिएपछि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो। पीडित पक्षका अनुसार, प्रधानाध्यापक श्रेष्ठले पहिले बालिकालाई प्रेम प्रस्ताव राखेका थिए।

बालिकाले उक्त प्रस्ताव अस्वीकार गरेपछि गत शनिबार बिहान ट्युसनको बहानामा उनलाई विद्यालय बोलाएर कार्यालय कोठाभित्र जबरजस्ती करणी गरेको पीडितकी भाउजुले आरोप लगाएकी छन्। प्रहरीले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै आवश्यक अनुसन्धान अगाडि बढाएको र दोषी ठहर भए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।

यो समाचारमा

काठमाडौँउदयपुरबेलका नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...