प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री हुन महानेटबीच चीनमा द्विपक्षीय भेटवार्ता

Author

सजिलो पत्रिका

२०८२ भदौ १६, सोमबार

46
Share
Featured
  • एससीओ प्लस शिखर सम्मेलन अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री डा. हुन महानेटबीच चीनको थियानजिनमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भयो।
  • भेटमा व्यापार, लगानी विस्तार र उच्चस्तरीय भ्रमण आदानप्रदान लगायत विविध विषयमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • नेपाली प्रतिनिधिमण्डलमा पूर्वउपप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र परराष्ट्र सचिव समेत सहभागी थिए। यो दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साङ्घाई सहयोग सङ्गठन (एससीओ) प्लस शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीकम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीच महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको छ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षमा गहन छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दुई नेताबीच विशेष गरी व्यापार र लगानीका क्षेत्रहरू विस्तार गर्ने सम्बन्धमा कुराकानी भएको थियो। यसका साथै, दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको बताइएको छ, जसले दुई राष्ट्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलका तर्फबाट पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्ण बहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायतको उपस्थिति रहेको थियो।

यो भेटवार्ताले नेपाल र कम्बोडियाबीचको कूटनीतिक र आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको छ।

यो समाचारमा

चीनपूर्ण बहादुर खड्काखड्गप्रसाद शर्मा ओलीपरराष्ट्र मन्त्रालय
रघुजी पन्त7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...