सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ भदौ १५, आइतबार

26
Share
Featured
  • गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म मनाइन्छ, जहाँ *गौरी देवी (पार्वती)*को पूजा गरिन्छ। बिरुडा (पाँच अन्न) अर्पण गरिन्छ र गौराघरमा प्रतिमा राखेर पूजाआजा गरिन्छ।
  • अष्टमीका दिन गौरालाई नचाउने, अठवाली गीत, चैत, धमारी, र वीरगाथा गाउने चलन छ, जसले सांस्कृतिक र सामूहिक एकता झल्काउँछ।
  • पर्वको उत्पत्ति सहस्त्रार्जुन राजा र ब्राह्मणको कथासँग जोडिएको छ, जसअनुसार पार्वतीलाई शक्तिशाली देवी मानी श्रद्धाका साथ पूजिन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । गौरा पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ ।

तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ ।

गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौ महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत्रुपमा सुरु हुन्छ । 

सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनको रुपमा लिइन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याइन्छ । अष्टमी अर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथमा गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ विभिन्न अठवाली गीत, चैत, धमारी, राजामहाराजाका वीरगाथाका साथमा नचाउने गरिन्छ ।

प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।

प्राचीनकालदेखि भगवान् शिवकी अर्धाङ्गिीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजाअर्चना गरिँदै आइरहेको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोक रीति अनुसार पूजाअर्चना गरिने पर्व नै गौरा पर्व हो । 

यो समाचारमा

सुदूरपश्चिम प्रदेशकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...