मन्त्री गुरुङको दाबी: समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो, तर दलहरूको कार्यशैली बाधक

Author

सजिलो पत्रिका

२०८२ भदौ १३, शुक्रबार

17
Share
Featured
  • मन्त्री गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीले नेपालमा अस्थिरता ल्याएको भन्ने बुझाइ गलत भएको बताएका छन्। यो प्रणाली सस्तो र समावेशी भएको दाबी गरेका छन्।
  • प्रधानमन्त्री ओली, देउवा, र प्रचण्डजस्ता नेताहरूले पनि अब यो प्रणाली हटाउन सकिन्न भन्ने महसुस गरिसकेको र त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा मात्र छलफल भइरहेको बताए।
  • निर्वाचन प्रणाली मात्र होइन, राजनीतिक दलहरूको कार्यशैली र व्यवहारमै स्थिरता नआउनुको मुख्य कारण भएकोमा उनले जोड दिए। प्रणालीभन्दा पहिला दलहरूले सुधारिनु आवश्यक रहेको उल्लेख गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीले गर्दा नेपालमा अस्थिरता आएको भन्ने बुझाइ गलत भएको बताएका छन्। उनले बरु यो प्रणाली सबैभन्दा सस्तो भएको दाबी गर्दै दलहरूको व्यवहार र कार्यशैलीमा सुधार आवश्यक रहेको औँल्याएका छन्। शुक्रबार काठमाडौंमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूको लोकार्पण समारोहमा बोल्दै मन्त्री गुरुङले समानुपातिक प्रणाली हटाउनुपर्छ भन्दै कराउने नेताहरूमाथि प्रश्न उठाए। उनले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, शेर बहादुर देउबापुष्पकमल दाहाल 'प्रचण्ड' जस्ता शीर्ष नेताहरूलाई समेत अहिले यो प्रणाली हटाउन नसकिने महसुस भएको र यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको बताए।

"पार्टीका नेता, सांसदहरू समानुपातिक प्रणाली हटाउनुपर्छ भनेर कराइरहेका छन्," मन्त्री गुरुङले भने, "तर, उहाँहरूलाई के महसुस भइरहेको छ भने समानुपातिक समावेशी प्रणाली हटाउन सकिँदैन। अहिलेलाई त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा छ।" उनले संविधान संशोधनको विषय पनि यसैमा केन्द्रित रहेको र केहीको बुझाइमा संघीयता विरोधीहरू पनि यही प्रणालीबाट प्रवेश गरिरहेकाले नेपालमा कहिल्यै स्थिरता नहुने भएको भन्ने तर्क रहेको बताए।
मन्त्री गुरुङले स्थिरता भनेको निर्वाचन प्रणालीको मात्र नभई दलहरूको व्यवहारको कुरा भएकोमा जोड दिए। "स्थिरता भनेको निर्वाचन प्रणालीको कुरा मात्र होइन, दलहरूको व्यवहारको कुरा पनि हो," उनले थपे, "उनीहरूको कार्यशैलीले पनि हो, मिलेर काम गर्ने हो भने स्थिरता भइहाल्छ नि।" उनले प्रणालीमा सुधार गर्नुभन्दा पहिले दलहरूको कार्यशैलीमा सुधार आउनुपर्ने बताए।

उनले समानुपातिक प्रणालीको वकालत दलहरूले किन गर्दैनन् भन्दा उनीहरूको मानसिकता त्यहाँसम्म नपुगेको र वास्तवमा समानुपातिक समावेशी प्रणाली सबैभन्दा सस्तो प्रणाली भएको तर्क गरे।`

यो समाचारमा

काठमाडौँपृथ्वी सुब्बा गुरुङशेर बहादुर देउबाखड्गप्रसाद शर्मा ओली
पुष्पकमल दाहाल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...