नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पा निर्वाचित

Author

सजिलो पत्रिका

२०८२ भदौ ०८, आइतबार

33
Share
Featured
  • नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा ३४२ मतसहित निर्वाचित भए, निकटतम प्रतिद्वन्द्वी कुलबहादुर गुरुङले २८८ मत पाए।
  • उपाध्यक्षहरूमा ईश्वरी पौडेल, मिङ्मा ग्याबो शेर्पा, बोधराज भण्डारी तथा महासचिवमा राजेन्द्र लामा र सचिवमा चन्दन थापा विजयी भए।
  • कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत पाए, भने अन्य ११ जना सदस्य पनि निर्वाचित भए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतगणनामा शेर्पाले आफ्ना निकटतम प्रतिद्वन्द्वी कुलबहादुर गुरुङलाई पराजित गर्दै संघको नेतृत्वमा पुगेका हुन्।

निर्वाचन समितिका अनुसार, विजयी शेर्पाले ३४२ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी गुरुङले २८८ मत पाए।

त्यसैगरी, संघको अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा र द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी निर्वाचित भएका छन्। महासचिव पदमा राजेन्द्र लामा र सचिवमा चन्दन थापा विजयी भएका छन्।

निर्वाचनको रोचक परिणामअनुसार कोषाध्यक्ष पदमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गरेका छन्।

यस्तै, संघको सदस्यहरूमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, दिकी शेर्पा र निशा भोटे विजयी भएका छन्। यो निर्वाचनसँगै एनएमएको नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको खाका तयार, परीक्षण उत्पादनका लागि बजेट निकासा

    काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने सरकारी तयारीले गति लिएको छ । सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा परीक्षण उत्पादन सुरु गर्ने तयारी अघि बढाएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार मन्त्री गौरीकुमारी

    Data is loading...

    Loading brands...

    Loading footer...