दुई हस्ताक्षर नजुट्दा ३ महिनासम्म क्यान्सर अस्पतालका कर्मचारी भोकभोकै, नयाँ अध्यक्ष आएपछि मिल्यो निकास

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

15
Share
Featured

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ ।

गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा. योगेन्द्रप्रसाद सिंहले अध्यक्षले कार्यभार सम्हालेसंगै रोकिएको भुक्तानी थालिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. उमेश नेपालका अनुसार अध्यक्षको अभावमा   तलब, भत्ता र नियमित गर्नुपर्ने भुक्तानी रोकिएको थियो । कार्यकारी निर्देशक समेत रिक्त भएपछि उपनिर्देशक नेपाललाई कार्यकारीको जिम्मेवारी दिइएको थियो ।

अध्यक्षको अभावमा औषधिलगायतका अत्यावश्यक सामग्री खरिदमा समेत समस्या भएको थियो । क्यान्सर अस्पतालको नियमावलीमा मूल खाताबाट खर्च हुने खातामा रकम स्थानान्तरण गर्दा अध्यक्ष र कार्यकारी निर्देशकले हस्ताक्षर गर्नुपर्ने हुन्छ । खर्च गर्ने खातामा भने कार्यकारी निर्देशक र लेखा प्रमुखले हस्ताक्षर गरेर भुक्तानी गर्न सकिने प्राबधान रहेको जनाइएको छ ।

अस्पतालमा अध्यक्ष नियुक्ति भए पनि सञ्चालक समितिका पदेनबाहेक सदस्य रिक्त छ । अर्थ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव वा तोकिएको व्यक्ति र भरतपुर महानगरपालिकाका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

कार्यकारी निर्देशक नेपालले दैनिक काममा अहिले बाधा नरहेको जानकारी दिए । उनले भने ठूला नितिगत निर्णयका लागि संञ्चालक समितिको निर्णय आवश्यक पर्दछ । त्यसबाहेक नियमित कामका लागि अध्यक्ष र कार्यकारी निर्देशकले काम गर्न सक्दछन् । अध्यक्ष चयन संगै अस्पतालका नियमित कामहरु सहज भएको उनले जानकारी दिए । अस्पतालमा करिव ८०० चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सेवारत छन् ।

 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...