सञ्चारगृहको गेटमा बेवारिसे गाडी राखेर अवरोध, पत्रकार महासंघद्वारा छानबिनको माग

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

9
Share
Featured
  • सञ्चारगृहको गेटमा शंकास्पद पार्किङ: कान्तिपुर, अनलाइनखबर र हिमालयन टेलिभिजनको गेटअगाडि बेवारिसे कार पार्क गरिँदा केही समय आवतजावत प्रभावित।
  • महासंघको आपत्ति: नेपाल पत्रकार महासंघले घटनाको निष्पक्ष छानबिन, सञ्चारकर्मीको सुरक्षा र दोषीमाथि कारबाहीको माग गरेको छ।
  • प्रहरी अनुसन्धान जारी: ट्राफिक प्रहरीले क्रेनमार्फत गाडी हटाइसकेको र सवारीधनीको पहिचान तथा घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राजधानीका विभिन्न सञ्चारगृहको गेटअगाडि बेवारिसे रूपमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बिहान तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, बुद्धनगरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालय गेटमा शंकास्पद रूपमा कारहरू पार्क गरिएपछि केही समय आवतजावत प्रभावित भएको थियो।

महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै यस घटनालाई सञ्चारमाध्यमको निर्बाध कार्यसम्पादनमा अवरोध पुर्‍याउने गम्भीर प्रकृतिको कार्य भनेका छन्। महासंघले सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार क्रेनको सहायताले ती गाडीहरू हटाइसकिएको छ। प्रहरीले सवारीधनीको पहिचान गर्ने कार्य जारी राखेको र घटनाको उद्देश्यबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई

    Data is loading...

    Loading brands...

    Loading footer...