विधान महाधिवेशनको तयारी गर्न एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

Author

सजिलो पत्रिका

२०८२ भदौ ०५, बिहिबार

18
Share
Featured
  • नेकपा (एमाले) ले दोस्रो विधान महाधिवेशनको तयारीका लागि भदौ १३ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
  • बैठकमा उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमाथि छलफल गरिनेछ, जसमा मातहत कमिटीहरूबाट संकलित सुझावहरू समेटिएका छन्।
  •  दोस्रो विधान महाधिवेशन भदौ २०–२२ गते गोदावरी, ललितपुरमा हुनेछ, जसमा २,३९२ जना प्रतिनिधि र आयोजक सहभागी हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो दोस्रो विधान महाधिवेशनको तयारीलाई अन्तिम रूप दिन केन्द्रीय कमिटीको बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी भदौ १३ गते बिहान ११ बजेका लागि १०औँ केन्द्रीय कमिटीको बैठक तय भएको हो।

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव प्रतिवेदनमाथि छलफल गर्नु रहेको छ। उक्त महत्त्वपूर्ण प्रतिवेदन पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पार्टीले विधान संशोधन प्रस्तावमाथि सुझाव संकलनका लागि मातहतका कमिटीहरूलाई भदौ १० गतेसम्मको समयसीमा दिएको थियो। कार्यालय सचिव अधिकारीले मातहतका कमिटीबाट प्राप्त सुझावहरूलाई समेटेर तयार पारिएको प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले छलफल गरी पारित गर्ने प्रक्रिया रहेको जानकारी दिए।

केन्द्रीय कमिटीबाट पारित भएपछि उक्त विधान संशोधन प्रस्ताव एमालेको दोस्रो विधान महाधिवेशनमा पेस हुनेछ। महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा भदौ २० देखि २२ गतेसम्म आयोजना हुँदैछ। महाधिवेशनमा देशभरबाट २,१२८ जना प्रतिनिधि र २६४ जना आयोजक गरी कुल २,३९२ जनाको सहभागिता रहने एमालेले जनाएको छ। यसअघि एमालेको नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो।

यो समाचारमा

ललितपुरनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...