उपसभामुख प्रकरण: संसदमा एमाले र राप्रपा सांसदबीच चर्काचर्की

Author

सजिलो पत्रिका

२०८२ भदौ ०४, बुधबार

30
Share
Featured
  • राप्रपाकी सांसद कार्कीले उपसभामुखविरुद्धको अविश्वास प्रस्तावमा खाली कागजमा हस्ताक्षर गराएको भन्दै सत्ता गठबन्धनमाथि कटाक्ष गरिन्।
  • कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा उपसभामुखलाई निशाना बनाइएको आरोप लगाउँदै यसलाई नाटक भनेकी छिन्।
  • एमाले सांसद थापाले कार्कीको भाषालाई गालीगलौज र अपमानजनक ठहर गर्दै संसदमा यस्ता शब्दहरू अस्वीकार्य भएको बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको बुधबारको बैठकमा उपसभामुखलाई हटाउन सत्ता गठबन्धनले थालेको हस्ताक्षर संकलनको विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदबीच तनाव सिर्जना भएको छ।

राप्रपाकी सांसद रोशन कार्कीले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेको भन्दै सत्तारुढ दलहरूप्रति कटाक्ष गरेपछि नेकपा (एमाले)का सांसद सूर्य बहादुर थापाले नियमापत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद कार्कीले एमाले र नेपाली काँग्रेसका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी गरेपछि सांसद थापाले आपत्ति जनाएका हुन्। सांसद कार्कीले संवैधानिक परिषद्मा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुखलाई निशाना बनाइएको आरोप लगाइन्। उनले ‘संवैधानिक परिषद्मा बहुमत पुगेन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन कस्तो पार्टी ? कस्ता सांसद धिक्कार होस्’ भन्ने टिप्पणी गरिन्। 

लगत्तै सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरू स्वीकार्य नहुने बताए।  उनले मण्डलेहरूसँग लामो समयसम्म लडेर आफूहरू आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन आग्रह समेत गरे।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय प्रजातन्त्र पार्टीनेपाली काँग्रेसकाठमाडौँ
सूर्य बहादुर थापा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।चट्याङले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर

    Data is loading...

    Loading brands...

    Loading footer...