उपसभामुखलाई हटाउने प्रयास गलत छ, हामी विरोध गर्छौं : प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ भदौ ०३, मङ्गलबार

30
Share
Featured
  • माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयासलाई गलत, बदनियतपूर्ण र आदिवासी महिलामाथिको अन्याय भन्दै कडा प्रतिवाद गर्ने बताएका छन्।
  • पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हालको सरकार अधिनायकवादतर्फ उन्मुख भएको र उपसभामुख हटाउने कदम तानाशाही सोचबाट प्रेरित रहेको दाबी गरे।
  • माओवादी केन्द्रले सत्तारुढ र विपक्षी दलहरूसँग छलफल गर्ने तयारी गर्दै विरोधलाई संस्थागत रूपमा अघि बढाउने निर्णय गरेको छ; बैठक पुनः बुधबार बस्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने सत्ता गठबन्धनको प्रयासको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले सरकारको यो कदमलाई ‘गलत’ भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए। उनले सामाजिक सेवाको पृष्ठभूमिबाट आएकी एक आदिवासी जनजाति महिलालाई पदबाट हटाउने प्रयास गलत भएको बताए।

"उहाँहरुको प्रयास त पहिलेदेखिकै हो। तर त्यो गलत गर्दै हुनुहुन्छ। यो सरकार बनेदेखि नै गल्तीबाहेक राम्रो काम त गरेकै छैन। एउटा महिला, आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ, त्यो गलत छ। हामी त्यसको विरोध गर्छौं," प्रचण्डले भने। उनले उपसभामुख रानाले कुनै गलत काम गरेको प्रमाण नभएको र लगाइएका आरोपहरू कपोलकल्पित मात्र भएको दाबी गरे।


बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले सरकार अधिनायकवादतर्फ उन्मुख भएको र उपसभामुखलाई हटाउने प्रयास बदनियतपूर्ण रहेको निष्कर्ष निकालिएको बताए।

"सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदैछ। उपसभामुखलाई हटाउने जमर्को भइरहेको छ, यो बदनियतपूर्ण र बेठीक छ," सापकोटाले भने, "त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलहरूसँग पनि यसबारे कुराकानी गर्नुहुन्छ।"

माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार पुनः बस्ने गरी स्थगित भएको छ।

यो समाचारमा

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इन्दिरा रानामगरअग्नि सापकोटापुष्पकमल दाहाल
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...