उपसभामुख इन्दिरा रानालाई हटाउन एमाले र कांग्रेसद्वारा हस्ताक्षर संकलन सुरु, रास्वपाको प्रतिवादको तयारी

Author

सजिलो पत्रिका

२०८२ भदौ ०३, मङ्गलबार

35
Share
Featured
  • उपसभामुख इन्दिरा रानालाई हटाउन नेकपा (एमाले) र नेपाली कांग्रेसले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन्।
  • उनले पदीय लेटरप्याड प्रयोग गरी अमेरिकी भिसा सिफारिस गरेको आरोप लगाइएको छ।
  • उपसभामुखको मातृ पार्टी रास्वपा विरोधमा उत्रिने तयारीमा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसले हस्ताक्षर संकलन सुरु गरेका छन्। उपसभामुख राना अमेरिका भ्रमणमा रहेकै बेला सत्ता गठबन्धनले उनीविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएको हो।

एमालेले मंगलबार आकस्मिक रूपमा बोलाएको संसदीय दलको बैठकमा सांसदहरूको हस्ताक्षर संकलन थालेको हो। प्रमुख सचेतक महेश बर्तौलाको कार्यकक्षमा दिउँसो २ बजेसम्म हस्ताक्षर गरिसक्न सांसदहरूलाई निर्देशन दिइएको छ। उता, कांग्रेसले पनि पदाधिकारी बैठकलगत्तै आफ्ना सांसदहरूलाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएर प्रक्रिया अघि बढाएको छ।

किन हटाउन लागियो?

उपसभामुख रानामाथि आफ्नो पदीय लेटरप्याड प्रयोग गरी केही व्यक्तिलाई अमेरिकाको भिसा प्रक्रियामा सहयोग गर्न दूतावासलाई पत्र लेखेको गम्भीर आरोप लगाइएको छ। यही विषयलाई आधार बनाएर उनको पदीय आचरणमाथि प्रश्न उठाउँदै महाभियोग लगाउन लागिएको हो।

रास्वपा तरंगित, प्रतिवादको तयारी

यो घटनाक्रमपछि उपसभामुखको मातृ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तरंगित बनेको छ। पार्टीका शीर्ष नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् भने सत्ता गठबन्धनको यो कदमको 'सचेततापूर्वक विरोध' गर्ने तयारी गरेको छ। एक नेताले सञ्चारमाध्यमबाट खबर पाएपछि छलफल सुरु भएको बताए। उपसभामुख राना भने गत साउन ३० गतेदेखि १० दिने व्यक्तिगत भ्रमणका लागि अमेरिकामा छिन्।

बालुवाटारको सोमबार साँझको सहमति

यो कदमको तयारी सोमबार साँझ बालुवाटारमा भएको एक बैठकमा भएको थियो। प्रधानमन्त्री निवासमा कांग्रेस र एमालेका शीर्ष नेता तथा महान्यायाधिवक्ता रमेश बडालबीच भएको छलफलमा उपसभामुखलाई हटाउने सहमति जुटेको थियो। सोही सहमतिअनुसार मंगलबार प्रक्रिया अघि बढाइएको हो। यसअघि पनि उनलाई हटाउने प्रयास भए पनि विरोधका कारण रोकिएको थियो।

यो समाचारमा

नेपाली काँग्रेसइन्दिरा रानामगरकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...