नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, सङ्क्रमण बढ्दो

Author

सजिलो पत्रिका

२०८२ भदौ ०२, सोमबार १३:२६

38
Share
Featured
  • नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफ्लाइटिसबाट ५२ वर्षीय पुरुषको मृत्यु भएको छ; चालु साउन महिनामै ४ संक्रमित पुष्टि भएका छन्।
  • यो रोग धान खेतको पानीमा पाइने 'क्युलेक्स' लामखुट्टेको टोकाइबाट सर्छ र प्रायः साउनदेखि असोजसम्म बढी देखिन्छ।
  • संक्रमण बढेसँगै जनचेतना कार्यक्रमको तयारी भइरहेको छ भने चिकित्सकहरूले लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्था जान सुझाव दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा लामखुट्टेको टोकाइबाट लाग्ने जापानिज इन्सेफ्लाइटिस रोगबाट एक जनाको मृत्यु भएको छ। मध्यविन्दु नगरपालिकाका ५२ वर्षीय पुरुषको उक्त रोगका कारण मृत्यु भएको हो।

जिल्लामा चालु आर्थिक वर्षको साउन महिनामा मात्रै चार जनामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ, जसमध्ये एक जनाको मृत्यु भएको र बाँकी तीन जना उपचारपछि घर फर्किएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार, विशेषगरी धानबालीमा जमेको पानीमा बस्ने 'क्युलेक्स' जातको लामखुट्टेको टोकाइबाट सर्ने यो रोग साउन, भदौ र असोजमा बढी देखिने गर्छ। जिल्लामा पछिल्ला वर्षहरूमा यो रोगको सङ्क्रमण बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा यस रोगबाट पाँच जनाको मृत्यु भएको थियो।

रोगको सङ्क्रमण बढेसँगै स्वास्थ्य कार्यालयले स्थानीय तहमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन्।

यो समाचारमा

काठमाडौँनवलपरासी (बर्दघाट सुस्ता पूर्व)मध्यविन्दु नगरपालिका

ट्यागहरू

#लामखुट्टे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    sajilo patrika

    म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

    २० वर्षपछि मुक्त भयो बाह्रकिलोको सार्वजनिक जग्गा, कार्यपालिकाको निर्णयपछि बजारका संरचना पूर्ण रूपमा हटे

    बाढीका कारण म्याग्दीको रेलेखोला जलविद्युत आयोजनाको उत्पादन ठप्प, बाँधमा क्षति

    सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

    भर्खरै

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    News Image

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    News Image

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    News Image

    साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो (तस्बिरसहित)

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू