भदौमा वाणिज्य बैंकको ब्याजदर फेरि घट्यो, व्यक्तिगत मुद्दती निक्षेप ५.५७ प्रतिशतमा

Author

सजिलो पत्रिका

२०८२ भदौ ०१, आइतबार १२:०२

37
Share
Featured
  • साउनको तुलनामा भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ०.११ प्रतिशत घटेर ५.५७ प्रतिशतमा झरेको छ।
  • ८ वाणिज्य बैंकले ब्याजदर घटाएका छन्, ११ ले स्थिर राखेका छन् भने प्रभु बैंक मात्र एक्लो बैंक हो जसले ब्याजदर बढाएको छ।
  • राष्ट्र बैंकको नीतिगत दर स्थिर रहनु, असारमा निक्षेप वृद्धि तर कर्जा माग कम हुनुजस्ता कारणले ब्याजदर घटाइएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि पनि ब्याजदर घटाएका छन्। साउनको तुलनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.५७ प्रतिशतमा झरेको छ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन्। प्रभु बैंक भने ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। ब्याजदर घटाउनेमा कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंक रहेका छन्।

नेपाल राष्ट्र बैंकले नीतिगत दर ४.५ प्रतिशतमा कायम राख्नु, असारमा भएको उच्च पुँजीगत खर्चले बैंकमा निक्षेप बढ्नु तर कर्जाको माग सुस्त रहनु जस्ता कारणले बैंकहरू ब्याजदर घटाउन बाध्य भएका हुन्। यही कारण साउनदेखि नै ब्याजदर घट्दो क्रममा छ।

ब्याजदरमा सबैभन्दा ठूलो कटौती स्ट्यान्डर्ड चार्टर्ड बैंकले गरेको छ। उक्त बैंकले साउनमा ६.२६ प्रतिशत रहेको व्यक्तिगत मुद्दतीको ब्याजदर भदौमा घटाएर ५.१३ प्रतिशतमा झारेको छ। उता, प्रभु बैंकले भने साउनमा ४.२५ प्रतिशत रहेको ब्याजदरलाई बढाएर ५.३५ प्रतिशत पुर्‍याएको छ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#ब्याजदर#वाणिज्य बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू