दशैँमा आउने चलचित्र ‘बलिदान’को टिजर सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ साउन ३१, शनिबार

78
Share
Featured
  • निर्देशक सन्तोष सेनको नयाँ चलचित्र ‘बलिदान’ को टिजर सार्वजनिक गरिएको छ, जसमा क्रोध, देशभक्ति र न्यायका लागि संघर्ष देखाइएको छ।
  • आसुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्र आगामी दसैँको फूलपातीमा देशव्यापी रूपमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।
  • समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतको अभिनय रहेको चलचित्र एक्सन र भावनाले भरिपूर्ण हुने संकेत टिजरमार्फत गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

निर्देशक सन्तोष सेनको नयाँ चलचित्र ‘बलिदान’को आधिकारिक टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा क्रोध, देशभक्तिको भावना र न्यायका लागि गरिएको संघर्षलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी दसैँको फूलपातीको अवसर पारेर देशव्यापी प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

सार्वजनिक टिजरले चलचित्र एक्सन र भावनाले भरिपूर्ण रहने संकेत दिएको छ, जसले दर्शकमाझ चलचित्रप्रति उत्सुकता जगाएको छ । चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।


यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...