झुम्का कारागारको सुरक्षा तोड्दै बलात्कारका कैदी फरार, छानबिन समिति गठन

Author

सजिलो पत्रिका

२०८२ साउन २८, बुधबार

16
Share
Featured
  • नसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सामूहिक बलात्कारमा दोषी ठहर भएका रूपक पौडेल खत्री फरार भएका छन्, उनले कारागारको पर्खाल नाघेर भागेका हुन्।
  • खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित गरिएको छ भने हालसम्म फरार कैदी फेला परेका छैनन्।
  • घटनापछि सुरक्षा संयन्त्रको आकस्मिक बैठक बसेको छ र पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ; यसअघि पनि यस्तै प्रकृतिका कैदी फरारका घटना भइसकेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका एक कैदी मंगलबार राति फरार भएका छन्। कारागारको पर्खाल नाघेर उनी भाग्न सफल भएका हुन्।

फरार हुनेमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय रूपक पौडेल खत्री रहेका छन्। उनलाई जिल्ला अदालत सुनसरीले सामूहिक बलात्कारको अभियोगमा २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय तोकेको थियो। उनी गत साउन २१ गतेदेखि कारागारमा रहेका थिए।

सुनसरी प्रहरीका अनुसार, कारागारको ‘बी’ ब्लकमा रहेका खत्री पर्खाल नाघेर फरार भएका हुन्। उनको फरार भएलगत्तै सशस्त्र प्रहरी बलको सुरक्षा बेस झुम्का र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको छ, तर उनी हालसम्म फेला परेका छैनन्।

घटनालगत्तै प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको आकस्मिक बैठक बसेको छ। साथै, घटनाको अनुसन्धानका लागि सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

यो कारागारबाट कैदी भागेको यो पहिलो घटना भने होइन। यसअघि २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर १२ जना कैदीहरू एकैसाथ फरार भएका थिए, जसले कारागारको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको थियो।

यो समाचारमा

दिप्रुङ चुईचुम्मा गाउँपालिकाकाठमाडौँखोटाङसुनसरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    काठमाडौँ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार,

    Data is loading...

    Loading brands...

    Loading footer...