राप्रपा युवा अधिवेशनमा झडप, लिङ्देन र राणा पक्षबीच हानाहान

Author

सजिलो पत्रिका

२०८२ साउन २८, बुधबार

31
Share
Featured
  • राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा लिङ्देन र धवलशम्शेर पक्षबीच झडप भएको छ, जसमा हात हालाहालसम्मको स्थिति पुगेको हो।
  • धवल पक्षका ज्योति लामाले कार्यक्रम सुरु हुनुअघि माइकमा बोलेपछि लिङ्देन पक्षका युवाहरूले रोक्ने प्रयास गर्दा विवाद चर्किएको थियो।
  • पार्टी नेतृत्व र कार्यशैलीसम्बन्धी आन्तरिक विवाद भ्रातृ संगठनसम्म पुगेको संकेत दिँदै सुरक्षाकर्मीको पछि मात्र स्थिति नियन्त्रणमा आएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच झडप भएको छ । पार्टी अध्यक्ष र नेता डा. धवल शमशेर राणा पक्षधर युवाहरूबीच विवाद चर्किएपछि हात हालाहालको स्थिति सिर्जना भएको हो ।

जानकारी अनुसार, कार्यक्रम औपचारिक रुपमा सुरु हुनुअघि नै धवलशम्शेर राणा पक्षका युवा नेता ज्योति लामाले माइकमा गएर बोल्न थालेका थिए । त्यसलगत्तै, अध्यक्ष लिङ्देन पक्षका केही युवाहरूले मञ्चमा नै उक्लिएर होहल्ला गर्दै उनलाई रोक्ने प्रयास गरेपछि विवाद बढेको थियो ।

दुई पक्षबीचको नोकझोकले उग्र रुप लिँदा धकेलाधकेल र हात हालाहालको अवस्था आएको थियो । अधिवेशनस्थलमा तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन तत्काल सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

पछिल्लो समय राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वमहामन्त्री धवलशम्शेर जबराबीच नेतृत्व र कार्यशैलीलाई लिएर विवाद चल्दै आएको छ । सोही विवादको असर पार्टीका भ्रातृ संगठनहरूमा पनि देखिन थालेको यो घटनाले पुष्टि गरेको छ ।

यो समाचारमा

डा. धवल शमशेर राणाराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...