दैलेखमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ढुंगाले हानेर बेहोस बनाइयो

Author

सजिलो पत्रिका

२०८२ साउन २५, आइतबार

36
Share
Featured
  • दैलेख तीज हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
  • बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।
  • ती बालिकालाई ढुंगाले हानेर घाइते बनाएर बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले बताएको छ ।
  • दुवै युवकमाथि जबरजस्ती करणी अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेर्न गएकी एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। साउन २२ गते साँझ भएको उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, पीडित बालिका आफ्ना साथीहरूसँगै तीजको नाच हेर्न जाँदै गर्दा आक्रमणमा परेकी थिइन्। उनका साथीहरू भाग्न सफल भए पनि बालिकालाई ढुंगाले हानेर घाइते बनाई सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारका अनुसार, पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका छन्।

पीडित बालिकाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको दाहिने हात मर्किएको छ भने गुप्ताङ्गमा चोट लागेको छ। हाल उनको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा दुवै युवकलाई नियन्त्रणमा लिई जबरजस्ती करणी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो समाचारमा

काठमाडौँचामुण्डा बिन्द्रासैनी नगरपालिकादैलेख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...