प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Author

सजिलो पत्रिका

२०८२ साउन २३, शुक्रबार

32
Share
Featured
  • प्रधानमन्त्री केपी शर्मा ओली आज राति ११ बजे तुर्कमेनिस्तानबाट काठमाडौं फर्किँदै छन्।
  • ओलीले एलएलडिसी सम्मेलनमा नेपालको नेतृत्व गर्दै जलवायु परिवर्तन विरुद्ध सहकार्यको आह्वान गरे र सम्मेलनलाई सम्बोधन पनि गरे।
  • उनले तुर्कमेनिस्तानका राष्ट्रपति र अन्य अन्तर्राष्ट्रिय प्रतिनिधिसँग भेटवार्ता गर्दै नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री  खड्गप्रसाद शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै छन् । प्रधानमन्त्री आज राति ११ बजे काठमाडौं आइपुग्ने लागेका हुन् । प्रधानमन्त्री ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते तुर्कमेनिस्तान गएका थिए ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन साउन २० देखि तुर्कमेनिस्तानको अवाजा शहरमा आयोजना भएको थियो । सो सम्मेलनमा २१ गते कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। सम्मेलनमा प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौती सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभसँग भेटवार्ता गर्दै नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका छन्। उनले संयुक्त राष्ट्रसंघका उपमहासचिव रबाब फातिमासहित विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख र अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीतुर्कमेनिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...