भिजिट भिसा प्रकरण

भिजिट भिसा प्रकरणमा सांसद कार्की प्रश्न : लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ?

Author

सजिलो पत्रिका

२०८२ साउन २१, बुधबार

18
Share
Featured

“सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ? के हो यो ?,” उनले प्रश्न गरिन्

समाचार सारांशGenerated using AI.

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्नेमा हाल ठिकविपरीत अभ्यास भइरहेको टिप्पणी गरेकी छन् । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

“सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ? के हो यो ?,” उनले प्रश्न गरिन् ।

 सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै उनले आपत्ति जनाइन् । “भिजिट भिसाको विरोधी हामीहरू होइनौँ । तर, भिजिट भिसाको नाममा मान्छेहरूलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ, त्यसको विरोधी हौँ,” उनले भनिन्, “हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौँ ।”

उनले हजारौँ नेपाली महिला वैदेशिक रोजगारीमा गएर यौन दुव्यर्वहारको सिकार भएको, पुरुषहरू बाकसमा फर्केने गरेको देख्दा गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरिन् ।

“आज हजारौँ दिदीबहिनीहरू वैदेशिक रोजगारमा गएर बलात्कृत भएका छन् । हाम्रा दाजुभाइहरू बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्‍यौँ गर्‍यौँ, देश त लुट्यौँ, नेपालीहरूलाई नमार,” उनले भनिन्, “भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा लगेर नबेच ।”

उनले भिजिट भिसा दुरुपयोगका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरिन् । 

यो समाचारमा

काठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...