तारकेश्वर नगरपालिका

तारकेश्वरमा लाइभ भिडियो बनाउँदा वडाध्यक्षद्वारा स्थानीयमाथि दुर्व्यवहार

Author

निरन्जन कार्की

२०८२ साउन २०, मङ्गलबार

51
Share
Featured
  • वडाध्यक्ष कुमार राईले स्थानीय प्रकाश महर्जनमाथि फेसबुक लाइभकै क्रममा गालीगलौज र अभद्र व्यवहार गरेका छन्।
  • महर्जनले सडकको अवस्था सुधार गर्न दबाब दिन निरन्तर रिपोर्टिङ गर्दै आएका थिए, जसमा 'धान दिवस' को दिन सांकेतिक रोपाइँसमेत गरेका थिए।
  • महर्जनले वडाध्यक्ष राई तथा उनका समर्थकहरूबाट आफूलाई लक्षित गरी आक्रोश पोखिएको आरोप लगाएका छन्, भिडियो भाइरल भएपछि दबाबमा ग्राभेल हालिएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

तारकेश्वर नगरपालिका-१० का वडाध्यक्ष कुमार राईले एक स्थानीय युवकमाथि लाइभ भिडियोमै अभद्र व्यवहार गरेका छन्। साङ्ले खोला करिडोरको बाटोमा ग्राभेल बिछ्याउँदै गरेको कामको फेसबुकमा लाइभ गरिरहेका स्थानीय प्रकाश महर्जनलाई वडाध्यक्ष राईले गालीगलौज गरेका हुन्।

सार्वजनिक भएको भिडियोमा महर्जनले बाटोमा ग्राभेल हालेकोमा वडाध्यक्षलाई धन्यवाद दिँदै उनी भएतिर जाँदै गरेको देखिन्छ। तर, वडाध्यक्ष राईले उनलाई बोलाएर भिडियो बनाउन रोक्न खोज्छन्। जवाफमा महर्जनले आफू स्थानीय भएको र भिडियो बनाउनु आफ्नो अधिकार भएको बताउँछन्। त्यसपछि वडाध्यक्ष राई आक्रोशित हुँदै गालीगलौजमा उत्रिएको भिडियोमा प्रस्टै देख्न र सुन्न सकिन्छ।

पीडित प्रकाश महर्जनका अनुसार, यो घटनाको पछाडि सडकको अवस्थाबारे उनले गर्दै आएको निरन्तरको भिडियो रिपोर्टिङ हो। उनले सजिलो पत्रिकालाई बताएअनुसार, गत असार १५ गते राष्ट्रिय धान दिवसको अवसरमा सोही बाटोको खाल्डाखुल्डीमा महर्जन र उनको टोलीले सांकेतिक रूपमा 'रोपाइँ' गरेका थिए। उक्त भिडियो तारकेश्वर क्षेत्रमा भाइरल भएको थियो।

रोपाइँको भिडियो भाइरल भएको भोलिपल्टै नगरपालिकाले उक्त बाटोमा ग्राभेल हालेको थियो। तर, साउन १५ गते महर्जनले पुनः बाटोको खाल्डा देखाउँदै अर्को भिडियो पोस्ट गरेका थिए। यही कारणले नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष राईले आफूमाथि रिस पोखेको र उनका कार्यकर्तासमेत आईलागेको महर्जनको आरोप छ।

लाइभ भिडियो हेर्नुहोसः


यो समाचारमा

तारकेश्वर नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...