निजामती विधेयक छानबिन प्रतिवेदन आज प्रतिनिधिसभामा पेस हुँदै, भविष्यमा त्रुटि रोक्न सुझाव

Author

सजिलो पत्रिका

२०८२ साउन २०, मङ्गलबार

26
Share
Featured
  • त्रुटिबारे अध्ययन गर्न गठित विशेष छानबिन समितिले तयार पारेको प्रतिवेदन आज प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ।
  • २९ दिनमा ३७ बैठक बसेर समितिले विधेयकमा भएको त्रुटिको कारण र भविष्यमा यस्ता गल्ती दोहोरिन नदिनका लागि सुझावहरू तयार पारेको छ।
  • समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाबाट प्रतिनिधित्व गर्ने गरी ७ सदस्य रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिबारे अध्ययन गर्न गठित विशेष छानबिन समितिले आफ्नो प्रतिवेदन आज प्रतिनिधि सभामा पेस गर्ने तयारी गरेको छ। समितिले रातभर बसेर तयार पारेको प्रतिवेदनमा भविष्यमा यस्ता त्रुटि दोहोरिन नदिनका लागि महत्त्वपूर्ण सुझावहरू समावेश गरिएको छ।

समिति सदस्य माधव सापकोटाले रातभर सिंहदरबारमा बसेर प्रतिवेदनलाई अन्तिम रूप दिइएको र आजको बैठकमा पेस गर्ने निर्णय भएको जानकारी दिए। समितिले आफ्नो २९ दिनको कार्यकालमा विभिन्न ३७ वटा बैठक बसेर प्रतिवेदन तयार पारेको हो।

प्रतिवेदनले विधेयकमा कसरी त्रुटि भयो भन्नेबारे मात्र नभई, भविष्यमा विधेयक निर्माण प्रक्रियामा यस्ता कमजोरी दोहोरिन नदिनका लागि ठोस सुझावहरू समेटेको छ। समितिले यसका लागि विभिन्न विशेषज्ञहरूसँग परामर्श गर्नुका साथै सरोकारवाला व्यक्तिहरूसँग विभिन्न कोणबाट छलफल गरेको थियो।

प्रतिनिधिसभाले गत असार २३ गते उक्त उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा नेपाली काँग्रेसबाट जीवन परियार र , नेकपा (एमाले) बाट नारायण प्रसाद आचार्यइश्वरी घर्ती, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीराष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य रहेका छन्।

यो समाचारमा

जीवन परियारगणेश पराजुलीनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)इश्वरी घर्ती
काठमाडौँ11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...