धरौटी बुझाएर दुर्गा प्रसाईं कारागारबाट रिहा

Author

सजिलो पत्रिका

२०८२ साउन २०, मङ्गलबार

41
Share
Featured
  • उच्च अदालत पाटनको आदेशपछि दुर्गा प्रसाईं बैंकिङ कसुरमा २५ लाख र हिंसात्मक प्रदर्शनमा ३ लाख धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भए।
  • अदालतले निर्णय गर्दा प्रसाईं क्यान्सर पीडित भएको अवस्थालाई ध्यानमा राखेको उल्लेख छ। उनीमाथि राज्यविरुद्ध, ज्यान मार्ने उद्योगजस्ता गम्भीर आरोप लगाइएका थिए।
  • अदालतको आदेशपछि प्रसाईं कारागारबाहिर बसेर दुवै मुद्दाको कानुनी प्रतिरक्षा गर्नेछन्। उनलाई लिन नेपाली कांग्रेस सांसद डा. सुनिल शर्मा कारागार पुगेका थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाई २८ लाख रुपैयाँ धरौटी बुझाएर डिल्लीबजार कारागारबाट रिहा भएका छन्। उच्च अदालत पाटनले सोमबार दुई फरक मुद्दामा उनलाई धरौटीमा छाड्न आदेश दिएपछि उनी छुटेका हुन्।

उच्च अदालत पाटनका न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शन (चैत्र १५)सँग सम्बन्धित मुद्दामा ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

त्यसैगरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा दायर भएको बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। अदालतले उक्त आदेश दिँदा प्रसाईं क्यान्सर रोगबाट पीडित भएको स्वास्थ्य अवस्थालाई समेत विशेष ध्यानमा राखेको जनाएको छ।

यसअघि, काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवजस्ता गम्भीर अभियोगहरूमा पुर्पक्षका लागि थुनामा पठाएको थियो।

उच्च अदालतको आदेशसँगै प्रसाईं अब कारागार बाहिरै बसेर आफूमाथि लागेका दुवै मुद्दाको कानुनी लडाइँ लड्नेछन्। उनलाई लिनका लागि नेपाली काँग्रेसका सांसद डा. सुनील कुमार शर्मा डिल्लीबजार कारागार पुगेका थिए।

यो समाचारमा

उच्च अदालतनेपाली काँग्रेसदुर्गा प्रसाद प्रसाईराजावादी प्रदर्शन (चैत्र १५)
काठमाडौँ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...