मुख्यमन्त्री लामालाई पद छाड्न सभापति देउवाको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ साउन १६, शुक्रबार

25
Share
Featured
  • नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई राजीनामा दिन निर्देशन दिएका छन्।
  • देउवाले लामालाई काठमाडौं बोलाई लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न र विवाद नलम्ब्याउन आग्रह गरेका छन्।
  • तर, मुख्यमन्त्री लामाले तत्काल राजीनामा नदिने संकेत दिँदै टिमसँग छलफलपछि निर्णय गर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउबाले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका छन् । सभापति देउवाले बिहीबार मुख्यमन्त्री लामालाई काठमाडौं बोलाएर उक्त निर्देशन दिएको एक स्रोतले दाबी गरेको छ।

सरकारबारे छलफलका लागि सभापति देउवाले बोलाएपछि मुख्यमन्त्री लामाले आफू बिरामी परेको पत्र बनाएर काठमाडौं गई देउवालाई भेटेका थिए।

देउवा निवासमा भएको भेटमा सभापति देउवाले पार्टीभित्रको आन्तरिक विषयलाई धेरै नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर अघि बढ्न लामालाई निर्देशन दिएको स्रोतको दाबी छ।

तर, मुख्यमन्त्री लामाले भने तत्काल राजीनामा दिने संकेत देखाएनन्। उनले आफ्नो टिमसँग छलफल गरेपछि मात्रै राजीनामा दिने वा नदिनेबारे निर्णय गर्ने जवाफ सभापति देउवालाई दिएका थिए।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँबागमती प्रदेशबहादुर सिंह लामा
शेर बहादुर देउबा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...