लागुऔषधसहित प्रहरी जवान पक्राउ

Author

सजिलो पत्रिका

२०८२ जेठ २८, बुधबार

112
Share
Featured

काठमाडौँ, जेठ २७ । 

धनगढी उपमहानगरपालिकामा लागुऔषध (खैरो हेरोइन) सहित नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी जवान चिरञ्जीवी विश्वकर्मालाई लागुऔषधसहित मंगलबार पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरोको धनगढीस्थित शाखा कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई धनगढी उपमहानगरपालिका–२ स्थित प्रदेश प्रहरी कार्यालय बाहिरको सडकबाट पक्राउ गरेको हो। उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

गोदावरी नगरपालिका, कैलाली-९ का स्थायी बासिन्दा रहेका विश्वकर्मा आफ्नै कार्यरत कार्यालयको गेट बाहिरबाट लागुऔषधसहित पक्राउ परेका हुन्। सुरक्षा दिने जिम्मेवारी बोकेको प्रहरी नै लागुऔषध कारोबारमा संलग्न भएको घटनाले गम्भीर प्रश्न खडा गरेको छ।

पक्राउ परेका विश्वकर्मामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचारमा

सुदूरपश्चिम प्रदेशगोदावरी नगरपालिका, कैलालीकाठमाडौँधनगढी उपमहानगरपालिका
नेपाल प्रहरी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुदूरपश्चिममा फोहर व्यवस्थापन बन्यो आम्दानी र रोजगारीको स्रोत

    काठमाडौँ । सुदूरपश्चिमका स्थानीय तहहरूले फोहर व्यवस्थापनलाई केवल सरसफाइमा मात्र सीमित नराखी आम्दानी र रोजगारीको बलियो माध्यम बनाएका छन्। कैलालीको गोदावरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रले सयौँ स्थानीयलाई रोजगारी प्रदान गर्दै जीविकोपार्जनमा सहयोग पुर्‍याइरहेका छन्।कैलालीको गोदावरी नगरपालिका, कैलालीमा करिब एक अर्बको लागतमा निर्मित केन्द्रमा फोहर छुट्याउने र

    Data is loading...

    Loading brands...

    Loading footer...