मन्त्री हेरफेरको अन्तिम तयारी: बालुवाटारमा ओलीसँग देउवाको ‘निर्णायक’ वार्ता

Author

सजिलो पत्रिका

२०८२ साउन १५, बिहिबार

25
Share
Featured
  • प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा लगायत शीर्ष नेताहरूबीच मन्त्रिपरिषद् पुनर्गठनबारे अन्तिम निर्णय गर्न बालुवाटारमा छलफल जारी छ।
  • नेपाली कांग्रेस तत्काल आफ्ना मन्त्रीहरू फेर्ने पक्षमा छैन, जसले गर्दा मन्त्रिपरिषद् हेरफेरमा ढिलाइ भइरहेको छ।
  • एमालेभित्र विवादित र कमजोर प्रदर्शन गरेका मन्त्रीहरू हटाउन दबाब बढेको छ, र कांग्रेसले अडान नछाडे एमालेका केही मन्त्रीहरू मात्रै परिवर्तन हुने सम्भावना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मन्त्रिपरिषद् हेरफेर लगायत सरकारका कामकारबाहीबारे छलफल गर्न सत्तारुढ दल एमाले र नेपाली काँग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा भेला भएका छन्। यो बैठकलाई मन्त्री हेरफेरका लागि निर्णायक छलफलका रूपमा हेरिएको छ।

बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँगै कांग्रेस सभापति शेर बहादुर देउबा, उपसभापति पूर्ण बहादुर खड्का, गृहमन्त्री रमेश लेखक तथा एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन्।

प्रधानमन्त्री ओलीले बजेट लगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरे पनि सत्ता साझेदार नेपाली कांग्रेसले निर्णय दिन नसक्दा ढिलाइ भएको थियो। आजको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री हेरफेरबारे सभापति देउवाको स्पष्ट धारणा मागिरहेको स्रोतले जनाएको छ। नेपाली कांग्रेस भने तत्काल आफ्ना मन्त्रीहरू फेर्ने पक्षमा छैन। मन्त्री फेर्दा पार्टीभित्र किचलो बढ्न सक्ने भन्दै कांग्रेसले हालकै मन्त्रीहरूलाई निरन्तरता दिने संकेत गरेको छ।

यदि छलफलमा देउवाले आफ्ना मन्त्री नफेर्ने अडान लिएमा प्रधानमन्त्री ओलीलाई एमालेका तर्फबाट सरकारमा सहभागी केही मन्त्रीहरू फेर्न बाटो खुल्नेछ। एमालेभित्र विवादित र कार्यसम्पादनमा कमजोर देखिएका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्रीमाथि चर्को दबाब छ।

एमाले स्रोतका अनुसार, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेबाहेक अन्य मन्त्रीहरू परिवर्तन हुनसक्ने सम्भावना छ। आजको बैठकको निष्कर्षले मन्त्रिपरिषद् पुनर्गठनको टुंगो लगाउने अपेक्षा गरिएको छ।

यो समाचारमा

रघुजी पन्तपूर्ण बहादुर खड्कानेपाली काँग्रेसविष्णुप्रसाद पौडेल
खड्गप्रसाद शर्मा ओली7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...