काठमाडौँ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली काँग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमध्ये तीन वटामा नयाँ मन्त्री नियुक्त गरिएको हो।
मुख्यमन्त्री लामाले सांसद गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरूमध्ये लम्साललाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ।
सांसद माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरिए पनि उनीहरूको मन्त्रालय भने पछि तोकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ। नयाँ मन्त्रीहरूको आजै शपथ ग्रहण गराउने तयारी भइरहेको छ। यसअघि कांग्रेसका पाँच मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पाँच मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री लामा आफैँले सम्हाल्दै आभएको थियो।