विद्युत समस्या समाधान गर्न निर्देशक शाक्य चितवनमा, मंगलबारसम्म समाधान हुने दाबी

Author

सजिलो पत्रिका

२०८२ साउन १२, सोमबार

39
Share
Featured
  • विद्युत आपूर्तिमा देखिएको समस्याबारे जानकारी लिन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य चितवन पुगेका छन्।
  •  पूर्वी चितवनको हर्दी सबस्टेसनमा २४ एमभीएको नयाँ ट्रान्सफर्मर सफलतापूर्वक जडान भइसकेको छ, जसले स्थानीय आपूर्ति सहज बनाउनेछ।
  • विद्युत कटौती र लोडसेडिङको आलोचना भएपछि प्राधिकरणले प्राविधिक समस्या समाधान गर्दै मंगलबारसम्म आपूर्ति पूर्ण रूपमा सहज हुने दाबी गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विद्युत आपूर्तिमा देखिएको समस्याबारे जानकारी लिन र समाधानका लागि पहल गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य चितवन पुगेका छन्। चनौली सबस्टेसनले विद्युत कटौतीको सूचना जारी गरेपछि ‘लोडसेडिङ’ सुरु भएको भन्दै चर्को आलोचना भएपछि शाक्य आफैं स्थलगत निरीक्षणका लागि चितवन पुगेका हुन्।

शाक्यले भरतपुरको अवस्थाबारे जानकारी लिएपछि पूर्वी चितवनको राप्तीमा रहेको हर्दी सबस्टेसनको निरीक्षण गर्ने कार्यक्रम छ। हर्दीमा आइतबार राति नै २४ एमभीएको नयाँ ट्रान्सफर्मर जडान गरी सफलतापूर्वक परीक्षण भइसकेको छ।

हर्दी सबस्टेसनका इन्चार्ज रोशन खनियाँका अनुसार नयाँ ट्रान्सफर्मरबाट पूर्वी चितवनका टाँडी र खैरहनीमा सिधै विद्युत आपूर्ति गरिनेछ। यसले भरतपुरबाट गएको लाइनको लोड घट्ने र उक्त लाइनबाट पश्चिम चितवनको देवनगर, जगतपुर तथा माडीमा विद्युत आपूर्ति सहज बनाइनेछ।

चितवनमा पछिल्लो समय गर्मी बढेसँगै विद्युतको माग बढेकाले पूर्वी चितवन, पश्चिम चितवन र माडीमा आपूर्तिमा समस्या देखिँदै आएको थियो। शनिबार भरतपुरको चनौली सबस्टेसनले विद्युत कटौतीको सूचना निकालेपछि प्राधिकरणले लोडसेडिङ तालिका ल्याएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

प्राधिकरणले भने प्राविधिक समस्या समाधान गरी मंगलबारसम्म जिल्लाको विद्युत आपूर्ति पूर्ण रूपमा सहज हुने दाबी गरेको छ।

यो समाचारमा

भरतपुरचितवनकाठमाडौँहितेन्द्र देव शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारले दियो सांसदलाई स्वकीय सचिव राख्न पाउने सुविधा

    काठमाडौं । सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ ।हालै बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताउने निर्णय गरेको हो ।यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा

    Data is loading...

    Loading brands...

    Loading footer...