'कुलिङ पिरियड' विवाद: प्रचण्डमाथि नै छानबिन हुनुपर्ने योगेश भट्टराईको माग

Author

सजिलो पत्रिका

२०८२ साउन ११, आइतबार

40
Share
Featured
  • नेकपा एमालेका सचिव योगेश भट्टराईले निजामती विधेयकमा 'कुलिङ पिरियड' सम्बन्धी व्यवस्था कमजोर बनाएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री प्रचण्डमाथि नै छानबिन हुनुपर्ने बताएका छन्।
  • प्रचण्डले केपी ओलीमाथि छानबिन हुनुपर्ने भनेपछि भट्टराईले त्यसलाई गम्भीर रूपमा लिएर प्रतिक्रिया दिँदै प्रचण्ड आफैंले यो व्यवस्था संसदमा पेस गरेको स्मरण गराएका छन्।
  • भट्टराईले प्रचण्डलाई नैतिक प्रश्न उठेको भन्दै चेतावनी दिएका छन् कि उहाँकै बोली उहाँका लागि 'गलापासो' बन्न सक्नेछ, र छानबिनको सुरुवात आफैंबाट गर्न चुनौती दिएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’को विषयलाई लिएर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि नै छानबिन हुनुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्री प्रचण्डले शनिबार एक कार्यक्रममा निजामती सेवाबाट अवकाश पाएका कर्मचारीलाई नियुक्ति दिनेसम्बन्धी ‘कुलिङ पिरियड’को विषयमा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीमाथि समेत छानबिन हुनुपर्ने बताउनुभएको थियो। त्यसको जवाफमा आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सचिव भट्टराईले प्रचण्डमाथि नै नैतिक प्रश्न उठेको जिकिर गरेका हुन्।

भट्टराईले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले नै संसदमा पेस गरेको निजामती विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्थालाई कमजोर बनाएको आरोप लगाउँदै छानबिनको सुरुवात आफैँबाट गर्न चुनौती दिएका छन्।

"हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौं र यो विषयको संशोधन हामी (सांसदहरू)ले नै राखेका हौं। आज पनि हामी यो अडानमा कायम छौँ," भट्टराईले लेखेका छन्, "तपाईंले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई समेत छानबिन गर्नुपर्ने भनेर दिएको मन्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ।"
भट्टराईले राज्य व्यवस्था तथा सुशासन समितिको वरिष्ठ सदस्यका रूपमा प्रचण्ड आफैँ रहेको स्मरण गराउँदै समितिको प्रतिवेदन संसदमा पेस गर्दा यो व्यवस्थालाई किन तलमाथि गरियो भनी प्रश्न गरेका छन्। "तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ, होइन र?" उनले प्रश्न गरे।

सांसदहरूको संशोधनपछि मात्रै यो विषयले प्राथमिकता पाएको तथ्यलाई हेक्का राख्न आग्रह गर्दै भट्टराईले प्रचण्डलाई आफ्नै बोली ‘आफैँलाई गलापासो’ बन्नसक्ने भन्दै चेतावनी दिएका छन्।


यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीपुष्पकमल दाहालयोगेश भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...