निजामती विधेयकको ‘कुलिङ पिरियड’ हटाउने एमाले प्रस्तावप्रति कांग्रेसको गम्भीर आपत्ति

Author

सजिलो पत्रिका

२०८२ साउन ०९, शुक्रबार

32
Share
Featured
  • एमालेले दुई वर्षे ‘कुलिङ पिरियड’ हटाउने संशोधन प्रस्ताव दर्ता गरेपछि कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।
  •  कांग्रेसले यो कदम दलहरूबीचको सैद्धान्तिक सहमतिविपरीत भएको बताउँदै अविश्वास बढ्ने चेतावनी दिएको छ।
  •  बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा यसबारे विस्तृत छलफल गर्दै एमालेको व्यवहारप्रति असन्तोष व्यक्त गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

निजामती सेवासम्बन्धी विधेयकमा प्रस्तावित ‘कुलिङ पिरियड’को व्यवस्था हटाउन नेकपा (एमाले)ले संशोधन प्रस्ताव दर्ता गरेपछि नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले एमालेको उक्त कदमलाई दलहरूबीचको पूर्वसहमति विपरीत भएको ठहर गरेको हो।

एमालेका राष्ट्रिय सभा सदस्यहरूले विधेयकमा उल्लेखित दुई वर्षे कुलिङ पिरियडको व्यवस्था हटाउन संशोधन दर्ता गरेपछि यो विषयले प्रमुख दलहरूबीच विवाद सिर्जना गरेको हो। यही विषयमा छलफल गर्न बसेको कांग्रेसको आन्तरिक बैठकमा नेताहरूले एमालेको कदमप्रति असन्तोष व्यक्त गरेका छन्।

कांग्रेस नेताहरूले यसलाई सैद्धान्तिक सहमतिविपरीतको कदम भन्दै यसले अविश्वास बढाउने चिन्ता व्यक्त गरेका छन्। बूढानीलकण्ठमा बसेको उक्त बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, मन्त्रीहरू र सातवटै प्रदेशका सभापतिहरूको उपस्थिति रहेको थियो।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभानेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...