काठमाडौँ।
को बर्दिबासमा एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी गर्भपतन समेत गराएको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। बर्दिबासस्थित डी एन्ड बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय ती चिकित्सकलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्रकुमार भट्टले पीडित किशोरीको परिवारले दिएको जाहेरीका आधारमा चिकित्सकलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।
उनका अनुसार, ती चिकित्सकमाथि सुरुमा किशोरीलाई जबरजस्ती करणी गरेको र पछि उनको १० हप्ताको गर्भपतन समेत गराएको गम्भीर आरोप छ।
पीडित परिवारले इलाका प्रहरी कार्यालय, बर्दिबासमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।