भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ साउन ०७, बुधबार

33
Share
Featured

सुर्खेत, भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर म‌गलबार राति रुकुमपश्चिमको आठबीसकोट– १४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए ।  बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको उनको भनाइ छ । 

यो समाचारमा

जाजरकोटसुर्खेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आत्मदाह प्रयासको घटनालाई ट्राफिक जरिवानासँग जोड्नु भ्रामक- ट्राफिक प्रहरी

    काठमाडौँ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले गरेको आत्मदाह प्रयासलाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचारलाई 'तथ्यहीन र भ्रामक' भनेको छ।असार २५ गते मुगुका २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासमा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको प्रहरीले स्पष्ट पारेको हो। ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जारी गरेको विज्ञप्तिअनुसार,

    Data is loading...

    Loading brands...

    Loading footer...