एमाले पोलिटब्युरो बैठक आज : विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै

Author

सजिलो पत्रिका

२०८२ साउन ०२, शुक्रबार

30
Share
Featured

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने तयभएको हो ।

बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् । त्यहाँबाट पारित गरिएपछि उक्त प्रस्ताव केन्द्रीय कमिटीमा लगिने सचिव योगेश भट्टराईले जानकारी दिए ।

यसअघि, बिहीबार (साउन १) गते बसेको पार्टी सचिवालय बैठकमा पौडेलले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावलाई अन्तिम रूप दिइएको थियो । र, पार्टी विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेरहद र दुई कार्यकाल व्यवस्था हटाउने निर्णय गरिएको थियो ।

यही साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्नेछ । ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव त्यहाँ प्रस्तुत गरिनेछ । आउँदो भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनबाट उक्त प्रस्ताव पारित गरिएपछि उमेरहद र कार्यकालसम्बन्धी नयाँ प्रावधान कार्यान्वयनमा ल्याइनेछ ।

केन्द्रीय पदाधिकारी १५ सदस्यीय बनाइने सचिवालय बैठकको निर्णय छ । केन्द्रीय कमिटी २५१ सदस्यीय हुने पनि भट्टराईले जानकारी दिए ।

यो समाचारमा

योगेश भट्टराईनेपाल कम्युनिष्ट पार्टी (एमाले)विष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...