लागूऔषध र लुटपाटमा संलग्न ७ जना काठमाडौंबाट पक्राउ

Author

सजिलो पत्रिका

२०८२ असार २७, शुक्रबार

37
Share
Featured
  • काठमाडौंबाट ४० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरिएको छ, जसमा धादिङ र काठमाडौंका चेपाङ समुदायका व्यक्तिहरू संलग्न थिए।
  • पोखराको एक बसमा महिला यात्रुको दुई तोलाको सुनको सिक्री लुटपाट गर्ने काभ्रे र काठमाडौंका दुई युवक पक्राउ परेका छन्।
  • लागूऔषध अभियुक्तबाट रु. १ लाख २५ हजार नगद बरामद गरिएको छ, र लुटपाटमा संलग्न दुईजनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल प्रहरीले राजधानीका विभिन्न स्थानबाट लागूऔषध कारोबार र लुटपाटमा संलग्न समूहका सात जनालाई पक्राउ गरेको छ। प्रहरीले ४० किलोग्राम गाँजासहित पाँच जना र बसमा यात्रा गरिरहेकी महिलाको सुनको सिक्री लुट्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार, काठमाडौंको कोटेश्वरस्थित एक डेरामा लुकाइछिपाइ राखेको अवस्थामा ४० किलो गाँजा बरामद गरिएको हो। गाँजाको कारोबार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा धादिङ गजुरी गाउपालिका–४ का निराजन चेपाङ, प्रकाश चेपाङ र शङ्कर चेपाङ तथा काठमाडौँ महाराजगञ्जका जीवन प्रजा र सुमन चेपाङलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट प्रहरीले रु. १ लाख २५ हजार नगदसमेत बरामद गरेको छ।

यस्तै, प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुई जनालाई पनि पक्राउ गरेको छ। गत चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री लुटपाट गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिकाका सुरेश तामाङ रहेका छन्। उनीहरूलाई काठमाडौँको गोकर्णेश्वर–४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यो समाचारमा

गजुरी गाउपालिकाधादिङनेपाल प्रहरीगोकर्णेश्वर नगरपालिका
काभ्रेपलान्चोक5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...