२४ घण्टामा ७० विपद् सम्बन्धी घटना दर्ताः चार जनाको मृत्यु, ६ बेपत्ता

Author

सजिलो पत्रिका

२०८२ असार २६, बिहिबार

18
Share
Featured

यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । मुलुकभर पछिल्लो २४ घण्टामा विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।


चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।

यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।

०००


यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...