आज अर्थ र विधायन संसदीय समितिको बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८२ असार २५, बुधबार

26
Share
Featured
  • संघीय संसदअन्तर्गत अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक आज सिंहदरबारमा बस्दैछन्।
  • बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ।
  •  दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथि विज्ञहरूसँग छलफल गरिनेछ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

संघीय संसदअन्तर्गत आज (बुधबार) दुई महत्त्वपूर्ण संसदीय समितिका बैठक बस्दैछन्। अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक सिंहदरवारमा अलग–अलग समयमा आयोजना गरिएको छ।

संसद सचिवालयका अनुसार, अर्थ समितिको बैठक बिहान १० बजे सिंहदरबारस्थित समितिको हलमा सुरु हुनेछ। बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयहरूमाथि छलफल गर्नु रहेको छ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको ९१औँ बैठक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विज्ञहरूसँग छलफल गरिने कार्यसूची रहेको छ। यो विधेयक मुलुकको न्याय प्रणाली र अपराध अनुसन्धानका लागि महत्त्वपूर्ण मानिएको छ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...