दुई पटक रोकिएको सुदूरपश्चिम विश्वविद्यालयको स्ववियू निर्वाचन साउन १४ मा हुने

Author

सजिलो पत्रिका

२०८२ असार २१, शनिबार

28
Share
Featured
  • सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचन साउन १४ गते हुने भएको छ।
  • सबै संकाय र विभागमा असार ३० भित्र भर्ना प्रक्रिया सकिने निर्णय गरिएको छ।
  • अघिल्लो पटक दुईपल्ट स्थगित भएको निर्वाचनका लागि नयाँ मिति घोषणापछि क्याम्पसमा चुनावी चहलपहल बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा लामो समयदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी साउन १४ गते हुने भएको छ। पटक-पटक मिति तोकिएर पनि स्थगित हुँदै आएको निर्वाचनको नयाँ मिति तय भएसँगै क्याम्पसमा चुनावी सरगर्मी बढ्ने देखिएको छ।

विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले आगामी साउन १४ गतेका लागि निर्वाचनको मिति तय गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, निर्वाचन प्रक्रियालाई सहज बनाउन भर्ना हुन बाँकी रहेका सबै संकाय तथा विभागमा असार ३० गतेभित्र भर्ना प्रक्रिया सम्पन्न गरिसक्न पनि निर्णय भएको छ।

यसअघि सुदूरपश्चिम विश्वविद्यालयमा दुई पटक निर्वाचनको मिति तोकिए पनि विभिन्न कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो। मिति तोकिँदै रोकिँदै गर्दा विद्यार्थी संगठनहरूले निरन्तर निर्वाचनको माग गर्दै आएका थिए। नयाँ मिति घोषणाले विद्यार्थीहरू उत्साहित भएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...