स्तरोन्नतिपछि नेपाललाई बलियो साझेदारी आवश्यक: अध्यक्ष ढकाल

Author

सजिलो पत्रिका

२०८२ असार १८, बुधबार

20
Share
Featured
  • २०२६ मा नेपाल अति कम विकसित देशबाट स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय साझेदारी र जलवायुमैत्री वित्तीयकरण आवश्यक हुने।
  • जलविद्युत, पर्यटन, सूचना प्रविधिमा अपार सम्भावना भए पनि त्यसलाई उपयोग गर्न ठूला लगानी र सहकार्य अनिवार्य।
  • एलडीसीबाट स्तरोन्नति अन्त्य नभई नयाँ साझेदारीको सुरुवात हो भन्दै स्वच्छ ऊर्जा र आर्थिक लचिलोपनमा विश्व समुदायलाई लगानीको आह्वान।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी) बाट स्तरोन्नति भएपछि बलियो अन्तर्राष्ट्रिय साझेदारी र जलवायु-मैत्री वित्तीयकरण आवश्यक पर्ने बताएका छ।

स्पेनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सन् २०२६ मा हुने स्तरोन्नति नेपालका लागि उपलब्धि र चुनौती दुवै भएको बताए। अध्यक्ष ढकालले नेपालमा जलविद्युत, पर्यटन र सूचना प्रविधिमा अपार सम्भावना रहेको तर त्यसलाई वास्तविकतामा बदल्न लगानी र सहकार्य अनिवार्य रहेको उल्लेख गरे।

उनका अनुसार, नेपाललाई सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने र दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि ठूलो वित्तीय अभाव छ। 

अध्यक्ष ढकालले एलडीसी स्तरोन्नतिलाई अन्तर्राष्ट्रिय समर्थनको अन्त्य नभई नयाँ साझेदारीको सुरुवातका रूपमा लिनुपर्नेमा जोड दिँदै नेपालको आर्थिक लचिलोपन र स्वच्छ ऊर्जामा लगानीका लागि विश्व समुदायलाई आग्रह गरे।

यो समाचारमा

काठमाडौँनेपाल उद्योग वाणिज्य महासंघस्पेननेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...