विपद्को समयमा निजी हेलिकप्टरको नि: शुल्क प्रयोग गर्न वायुसेवा संघ र विपद् व्यवस्थापन प्राधिकरणबीच सम्झौता (भिडियोसहित)

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

37
Share
Featured
  • विपद् समयमा काठमाडौं उपत्यकाभित्र वायुसेवा सञ्चालक संघले निशुल्क हेलिकप्टर उद्धार सेवा प्रदान गर्ने सम्झौता भएको छ।
  • उपत्यका बाहिर नेपाली सेनाको हेलिकप्टर नपुगेमा संघले अपरेशन शुल्क मात्र लिएर उद्धार गर्नेछ।
  • मनसुनजन्य विपद्का लागि तयारीको भागस्वरूप यो सम्झौता महत्वपूर्ण हुने गृहमन्त्री रमेश लेखकले बताए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ ।

काठमाडौं विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

मंगलबार गृह मन्त्रलयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो ।  हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौताअनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए । 

त्यस्तै, उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ । 

उनले भने,‘काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भयो र नागरिकको उद्दार गर्नुपर्ने भयो भने वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने कुरा जुन गर्नुभएको छ । यो अत्यन्त महत्वपूर्ण काम भएको छ । देशको सबैभन्दा धेरै जनसंख्या काठमाडौंमा नै छ । काठमाडौं उपत्यका बाहिरको उद्दारमा नेपाली सेनाको हेलिकप्टर कहिलेकाँही अपर्यात हुन सक्छ । त्यस्तोबेला सरकारले उपत्यका बाहिर पनि सेवा लिनपर्ने अवस्था हुन्छ । त्यसलाई पनि संघले अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने भन्नुभएको छ ।’ 

उनले अहिले मनसुनको प्रारम्भ चरणमा भएको र मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने अवस्थामा सो सम्झौताले महत्वपूर्ण सहयोग पुग्ने बताए  । विगतको अनुभव हेर्दा धेरै ठूलो क्षतिबाट नागरिकको र सम्पतिको सुरक्षा गर्न तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनको भनाई छ । 


यो समाचारमा

रमेश लेखकगृह मन्त्रलयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...