थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

83
Share
Featured
  • थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई कम्बोडियासँगको सीमा विवादमा नैतिकता उल्लङ्घनको आरोपमा संवैधानिक अदालतले निलम्बन गरेको छ।
  • उनको पार्टी फेउ थाई रूढीवादी गठबन्धनबाट अलग भइसकेको छ, मन्त्रीहरूले राजीनामा दिएका छन्, र विरोध प्रदर्शन चर्किएको छ।
  • पेटोङटार्नका बुबा, पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रामाथि शाही मानहानिको मुद्दा चलिरहेको छ, जसमा दोषी ठहरिए १५ वर्षसम्म जेल सजाय हुनसक्छ।

समाचार सारांशGenerated using AI.

बैंकक ।

थाइल्यान्डका प्रधानमन्त्री पाएथोङथान शिनावात्रलाई संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।

मुलुकको राजनीति वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्षले हावी भएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् । ३८ वर्षीया पाएथोङथानलाई उनका बुबा एवं पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको छ ।

पाएथोङथानले एक वर्षभन्दा कम समयअघि सत्ता सम्हालेकी थिइन्, तर संवैधानिक अदालतले सीमा विवादका क्रममा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लङ्घन गरिन् कि भएन भनेर विचार गरिरहेकाले उनलाई निलम्बन गरिएको छ । कम्बोडियासँग लामो समयदेखि चलिरहेको क्षेत्रीय विवाद मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो ।लिक भएको रेकर्डिङ अनुसार जब पाएथोङथानले कम्बोडियाका पूर्व नेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गरिन्, उनले हुन सेनलाई ‘काका’ भनिन् र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर उल्लेख गरिन् ।

उक्त फोनवार्ताले व्यापक आक्रोश निम्त्यायो । रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए र मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लङ्घन गरेको आरोप लगाए । ‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ’, एक विज्ञप्तिमा भनिएको छ ।

यो समाचारमा

थाइल्यान्डकम्बोडियापाएथोङथान शिनावात्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...