कृषिलाई प्राथमिकता दिँदै बकैया गाउँपालिकाले ल्यायो ९१ करोड ७२ लाखको बजेट

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

27
Share
Featured
  • बकैया गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ, जुन गत वर्षको तुलनामा घटेको हो।
  • कृषि र पूर्वाधारलाई उच्च प्राथमिकता दिँदै कृषि औद्योगिक ग्राम, कोल्ड स्टोर, चिस्यान केन्द्र, र पूर्वाधार निर्माणका लागि ठूलो रकम विनियोजन गरिएको छ।
  • बजेट गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रस्तुत गर्नुभएको हो, र सर्वसम्मत रूपमा पारित गरिएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मकवानपुरको पूर्वी क्षेत्रमा अवस्थित बकैया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ९१ करोड ७२ लाख ५० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शनिबार सम्पन्न एघारौँ गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै बजेट प्रस्तुत गरेका छन् ।

सार्वजनिक गरिएको बजेट चालु आर्थिक वर्ष २०८१/८२ को तुलनामा १ करोड ८७ लाख ४९ हजार रुपैयाँले कम हो। गाउँपालिकाले चालु आवका लागि ९३ करोड ५९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको थियो।

कुल बजेटमध्ये चालु खर्चतर्फ ६३ करोड ६५ लाख ५९ हजार (६९.३९%) र पूँजीगत खर्चतर्फ २८ करोड ६ लाख ९१ हजार रुपैयाँ (३०.६१%) विनियोजन गरिएको छ। बजेटको स्रोत व्यवस्थापनतर्फ आन्तरिक स्रोतबाट ११ करोड ५१ लाख १८ हजार, सङ्घीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५८ करोड ९१ लाख ६ हजार र बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट २१ करोड ३० लाख २५ हजार रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ। यसैगरी, सङ्घीय सरकारबाट ३६ करोड ६८ लाख तथा प्रदेश सरकारबाट २ करोड ९५ लाख ५० हजार सशर्त अनुदान प्राप्त हुनेछ।

कृषि र पूर्वाधार प्राथमिकतामा

कृषि तथा पशुपालनलाई उच्च प्राथमिकतामा राखेको गाउँपालिकाले कृषि औद्योगिक ग्राम सञ्चालनका लागि २ करोड र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा २ करोड ५० लाख छुट्याएको छ। त्यस्तै, कोल्ड स्टोर निर्माणमा अनुदानसहित १ करोड ३० लाख र चिस्यान केन्द्र निर्माणमा ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

पूर्वाधार निर्माणतर्फ ५ करोड, पोषणमैत्री स्थानीय तह घोषणा कार्यक्रमका लागि ७५ लाख र प्रत्येक वडाको समानुपातिक विकासका लागि ४ करोड ८० लाख बजेट छुट्याइएको छ।

बजेट प्रस्तुत गर्दै उपाध्यक्ष खत्रीले कृषिमा आत्मनिर्भरता, बजार पूर्वाधार निर्माण र स्थानीय उत्पादनको प्रवर्द्धनमा बजेट केन्द्रित रहेको बताए।

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूको उपस्थितिमा बजेट सर्वसम्मतिले पारित गरिएको हो।

यो समाचारमा

बकैया गाउँपालिकाकाठमाडौँमकवानपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग पुनः सञ्चालनमा

    काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीस्थित विरुवाडाँडा र आसपासका क्षेत्रमा खसेको पहिरो तथा लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ। शुक्रबार रातिको वर्षाका कारण सडकमा लेदो र सुख्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सडकमा थुप्रिएको अवरोध हटाएपछि केहीबेरअघि मात्रै यातायात सुचारु

    Data is loading...

    Loading brands...

    Loading footer...