राष्ट्रियसभा

आज राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

Author

सजिलो पत्रिका

२०८२ असार १७, मङ्गलबार

37
Share
Featured
  • राष्ट्रियसभाको बैठक मंगलबार दिउँसो नयाँ बानेश्वरमा बस्नेछ।
  • बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि छलफल हुनेछ।
  • ऐन संशोधन विधेयक पारित र राष्ट्रपतिको पत्र जानकारी।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु हुनेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।

त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले नागरिकता विधेयक, २०८२’ सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यक्रम पनि रहेको छ।

त्यसैगरी, प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि छलफल गरी पारित गर्ने कार्यसूची पनि रहेको छ। सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय सभाप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...