काठमाडौँ । दोलखाको बिगु गाउँपालिका–१को अपर तामाकोशी जलविद्युत आयोजना केन्द्रको क्षतिग्रस्त संरचनाको मर्मत कार्य सकिएपछि विहीबारबाट पूर्ण क्षमतामा उत्पादन थालेको छ ।
क्षतिग्रस्त दुवै बालुवा थिग्रयाउने पोखरी (डिस्यान्डर बेसिन) सञ्चालनमा आएपछि विद्युत् उत्पादन पूर्ण क्षमतामा हुन थालेको हो । मर्मत कार्य असार ११ गते सम्पन्न भएका थियो । जलविद्युत आयोजना केन्द्रका उत्पादन बढेसँगै भारतमा बिजुली निर्यात समेत बढ्ने भएको छ ।
अविरल वर्षाका कारण आएको पहिरोले चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना मा क्षति पु¥याएको थियो । बर्षाका कारण आएको बाढीपहिरोले आयोजनाको बाँध क्षेत्रका संरचनामा गम्भीर क्षति पुगेको उक्त क्षेत्र मर्मत कार्य सम्पन्न गरि पुन संचालनमा थालेको आयेजाना प्रबन्धक अरुन घतानीले जानकारी दिएका छन् ।
उनका अनुसार, अविरल वर्षापछि गत असोज ११ गते तामाकोसी नदीमा आएको बाढीका कारण त्यसले विद्युत्गृह र सुरुङ सुरक्षित रहे पनि असोज १२ गते माथिबाट ठूलो पहिरो र लेदो आउँदा लामाबगरमा रहेको डिस्यान्डर र भूमिगत नहरमा ठूलो क्षति भएको थियो ।
अपर तामाकोशी जलविद्युत आयोजना, देशकै सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको परियोजनाले पुस १० गतेभित्र विद्युत् उत्पादन पुनः सुरु गर्ने लक्ष्यसहित मर्मत रातदिन काम गरी निर्धारित समयमा नै डिस्यान्डरको पुनर्निर्माण कार्यलाई तीव्र का साथ सम्पन्न गरिएको उनको भनाई छ । केन्द्रको उत्पादन बढेसँगै भारतमा बिजुली निर्यात समेत बढ्ने भएको छ ।
ठेक्का सम्झौता भएको ४ महिनामा निर्माण व्यवसायीले काम पूरा गरेको हो। यसअघि अन्तर्राष्ट्रिय ठेक्का अन्तर्गत चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले डिस्यान्डरसहितको सिभिल काम गरेको थियो ।
पहिरोले हेडवक्र्स क्षेत्रको सुरक्षा नियन्त्रणगृह समेत पूर्ण रूपमा क्षति हुँदा सुरक्षार्थ खटिएका नेपाली सेनाका २ जना र माथिल्लो तामाकोसीकै २ जना कर्मचारी सहित ४ जनाको ज्यान समेत गएको थियो ।
विद्युत् उत्पादन बन्द भएको समयमा विद्युत्गृह भित्रका मर्मत गरिएको छ भने पहिरोले क्षतिग्रस्त सिंगटीको ४६ नम्बर प्रसारण लाइनको टावर समेत मर्मत पूरा गरिएको छ ।