धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ असार १४, शनिबार

46
Share
Featured
  • धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • दुर्घटना राति १ बजे भएको थियो, गम्भीर घाइते सिंहको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भयो।
  • शव परीक्षणका लागि राखिएको छ र घटनाबारे थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कैलालीको धनगढीमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१२, जुगेडास्थित कम्पनी टोलमा मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालकको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा जुगेडाकै स्थानीय रवीन्द्र सिंहको मृत्यु भएको हो। उनका अनुसार सुपप्र ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल राति करिब १ बजे अनियन्त्रित भई सडक छेउको नालामा खसेको थियो।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर, उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि अस्पतालको शव गृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए।

यो समाचारमा

कैलालीधनगढी उपमहानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...