
काठमाडौँ ।कैलालीको धनगढीमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-१२, जुगेडास्थित कम्पनी टोलमा मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालकको ज्यान गएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा जुगेडाकै स्थानीय रवीन्द्र सिंहको मृत्यु भएको हो। उनका अनुसार सुपप्र...