काठमाडौँ।
संघीय संसद प्रतिनिधि सभाको बैठक शनिबार पनि बस्दैछ। बैठक बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्ने सम्भावित कार्यसूची छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित हुनेछ।
यस्तै,आजको बैठकबाट तीन वटा विधेयक पारित गर्ने कार्यसूची छ। बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरिने कार्यसूची छ। उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गृहमन्त्री रमेश लेखकले प्रस्तुत गर्ने संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।
बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने कार्यसूची पनि छ। उनी संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ नै स्पेन भ्रमणमा जाँदैछन्।