माधव कुमार नेपाल

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश

Author

सजिलो पत्रिका

२०८२ असार ११, बुधबार

26
Share
Featured
  • विशेष अदालतले माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
  • पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
  • दिनभरको थुनछेक बहसपछि संयुक्त इजलासले धरौटीमा रिहा गर्ने निर्णय सुनाएको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ 

विशेष अदालतले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार दिनभरको थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अदालतले पठाएको म्याद बुझेपछि अध्यक्ष नेपाल बुधबार बिहान आफैँ अदालतमा उपस्थित भएका थिए। दिनभरको बयान र बहसपछि साँझ इजलासले उनलाई धरौटीमा छाड्ने निर्णय सुनाएको हो।

यो समाचारमा

माधवकुमार नेपालकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...